काठमाडौ क्षेत्र नं. १० चन्द्रागिरिमा आयोजित रास्वपा कार्यवाहक सभापतिको सम्बोधन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरू सहभागी भएका थिए। विशेष रूपमा चन्द्रागिरि नगरपालिका र वडा नं. ९ का प्रतिनिधिहरूले आफ्नो तर्फबाट प्रतिबेदन पेश गर्दै आगामी दिनमा पार्टी सञ्चालनका रणनीति र कार्ययोजना प्रस्तुत गरेका छन्।
कार्यक्रममा सहभागीहरूले पार्टीलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र आगामी निर्वाचन तयारीमा सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीका विभिन्न नगरपालिकाका प्रतिनिधिहरू, विशेष गरी दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरूलाई सहयोग र सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गरिएको थियो।



कार्यक्रमका क्रममा उपस्थित नेताहरूले सदस्य तथा कार्यकर्तालाई एकता र सहकार्यमा जोड दिँदै राजनीतिक अभियानलाई अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याएका छन्। यसले पार्टीको स्थानीय तहमा पहुँच र संगठनात्मक क्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ।



