काठमाडौं । चन्द्रागिरिको काठमाडौं शिक्षा क्याम्पसमा सञ्चालन भइरहेको आन्तरिक परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन अनुगमनलाई तीव्र बनाइएको छ । यही क्रममा क्याम्पस सञ्चालक समितिका सदस्य तथा चन्द्रगिरि नगरपालिका–१० का वडाध्यक्ष शिव कुमार महर्जन स्वयं क्याम्पस पुगेर परीक्षा प्रक्रियाको निरीक्षण गर्नुभएको हो ।

अनुगमनका दौरान उहाँले परीक्षा सञ्चालनमा अनुशासन, पारदर्शिता र मर्यादा कायम हुनु अत्यन्त आवश्यक रहेको औंल्याउनु भयो । अध्यक्ष महर्जनले शिक्षाको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार परीक्षा भएकाले यसलाई निष्पक्ष र व्यवस्थित ढंगले सञ्चालन गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले परीक्षा व्यवस्थापनमा संलग्न सम्पूर्ण पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै शैक्षिक वातावरण सुधारका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने संकेत गर्नुभयो ।

क्याम्पसमा विभिन्न तहका विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन चलिरहेको अवस्थामा गरिएको यो अनुगमनले परीक्षा प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय