काठमाडौं । काठमाडौंका सडक अहिले सुनसान छ । कामकाजको शिलशिलामा काठमाडौंंमा बसोबास गर्दै आएका अधिकांश व्यक्तिहरु बडादशैंको अवसरमा उपत्यका छोडी आफ्नो जन्मस्थान गएपछि काठमाडौं उपत्यका अहिले सुनसान जस्तै भएको छ । दैनिक सवारी चापमा हुने ठाउँ अहिले सडक खुल्ला देखिएको छ । उपत्यकामा संचालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ भने निजी सवारी साधन पनि धेरै कम गुडेका छन् ।

वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दशैँका अवसरमा आ–आफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ । सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौंका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैंको चहलपहल सुरु भएसँगै राजधानी काठमाडौंबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मंगलबारसम्म आठ दिनको अवधिमा मात्रै ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय