काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा वडा कार्यालयबाट सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको छ । गृह मन्त्रालयको पहलमा गत भदौ १ गतेदेखि जिल्लाका सबै १३५ वडाबाट एकसाथ यो सेवा सुरु गरिएको हो ।

सेवा सुरु भएको पाँच महिनामा चार हजारभन्दा बढी नागरिकले नयाँ नागरिकता प्राप्त गरेका छन् । वडाले आवश्यक कागजात अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्थाका कारण सेवाग्राहीले छिटो, सहज र झन्झटरहित सेवा लिन पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अनलाइन प्रणालीले कागजात सुरक्षित राख्न, विवरणमा एकरूपता ल्याउन र कामको समय घटाउन सहयोग पुगेको छ । कार्यालयले अनलाइन सेवाले नागरिकता बनाउने प्रक्रियालाई थप विश्वासिलो र व्यवस्थित बनाएको जनाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा चार हजारभन्दा बढी नयाँ नागरिकता जारी भएका छन् भने प्रतिलिपि नागरिकता लिनेको संख्या पनि उल्लेख्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय