काठमाडौं । मुलुकमा जारी अशान्ति र अराजक घटनाबीच कारागारहरू पनि असुरक्षित बन्दै गएका छन्। मंगलबार दिउँसो वीरगंज कारागारको पर्खाल भत्काएर कैदीहरू फरार भएको घटनापछि राजधानीको डिल्लीबजार कारागारमा समेत कैदी निस्कने प्रयास भएको पुष्टि भएको छ। डिल्लीबजार कारागारभित्रबाट बाहिर निस्किएका कैदीहरूलाई नेपाली सेनाले तत्काल गेटमै रोकेर नियन्त्रणमा लिएको छ। सेनाले कारागार परिसर वरिपरि कडा निगरानी बढाएको छ भने थप अराजक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ।

यसअघि वीरगंजमा ठूलो संख्यामा कैदी भागेपछि प्रहरी, सशस्त्र प्रहरी र सेनाले संयुक्त रुपमा खोजतलास अभियान सञ्चालन गरिरहेका छन्। सीमावर्ती क्षेत्र हुँदै फरार हुने सम्भावना भएकाले नाकामा सुरक्षा चेकजाँच कडा बनाइएको छ।लगातार दुई ठूला कारागारमा कैदीहरूले निस्कने प्रयास गरेपछि देशभरको कारागार सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। विज्ञहरूले राजनीतिक अस्थिरता र आन्दोलनको वातावरणलाई अराजक समूहहरूले कारागार असुरक्षित बनाउन प्रयोग गरिरहेको टिप्पणी गरेका छन्। सुरक्षा निकायहरूले भने परिस्थितिलाई नियन्त्रणमा लिन सबै प्रयास भइरहेको र सर्वसाधारणलाई शंकास्पद गतिविधिबारे तत्काल जानकारी दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय