काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन कालरात्री देवीको पूजा गरिन्छ ।
जपिने मन्त्र



एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।
वामपादोल्लसल्लोहलताकण्टक भूषणा ।
वर्धन्मर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी ।।
यसको अर्थ यीनको शरिरको रंग अन्धकारको जस्तै कालो छ । कपाल बिग्रिएको छ । घाँटीमा बिजुली चम्केजस्तै चमकदार माला छ । यीनको तीन वटा नेत्र छन् । यीनको नाकबाट अग्नीको डरलाग्दो ज्वाला निस्किरहन्छ । यीनको बाहन गधा हो ।



