काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडी प्रतिकिलो ४५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।



यसैगरी, मटरकोसा प्रतिकिलो २ सय रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (जाजमा) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीतो करेला प्रतिकिलो ४५ रुपैयाँ, लौका प्रतिकिलो ४५ रुपैयाँ, परबर (तराई) प्रतिकिलो ४५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३५ रुपैयाँ, घिरौला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ६५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, भिण्डी प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ५० रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो १८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो २५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ, निगुरो प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ७० रुपैयाँ, सेलरी प्रतिकिलो १४० रुपैयाँ, पार्सले प्रतिकिलो १००० रुपैयाँ, पुदिना प्रतिकिलो २०० रुपैयाँ, इमली प्रतिकिलो २०० रुपैयाँ, तामा प्रतिकिलो १६० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४० रुपैयाँ, केरा (दर्जन) १४५ रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, आँप (माल्द) प्रतिकिलो ९५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो ९५ रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २५० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १७० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो १०० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो ११० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकिलो ३५० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ३० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो २५ रुपैयाँ, खुर्सानी हरियो माछे प्रतिकिलो ६० रुपैयाँ, खुर्सानी अकबरे प्रतिकिलो २५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १२० रुपैयाँ, लसुन हरियो प्रतिकिलो ८० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकिलो १७० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १२० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३३० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ९०० रुपैयाँ निर्धारण गरिएको छ ।



