काठमाडौं । यस वर्षको मलमास साउन २ गतेबाट सुरु हुँदैछ । बैद्धिक परम्पराअनुसार पाँच वर्षमा दुई पटक मलमास पर्ने गर्दछ । मलमासका बेलामा भगवानका पाठपूजा तथा शुभकार्य बर्जित छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गतिअनुसार गणना गरिने मासलाई चन्द्र मास । सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ । त्यस्तै चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको हुन्छ । सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक वर्ष हुन्छ । प्रत्येक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आउँछ । अनि ३ वर्षमा ३३ दिनले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमास भनिन्छ ।

सूर्य अनि चन्द्रका चाल अनि गतिका आधारमा वर्ष मिलान गर्न अधिकमास र क्षयमासको चलन ठाउँअनुसार फरक फरक हुन सक्दछ । तथापी अधिकमास भने अधिक ३३ दिनलाई हरेक ३ वर्षमा समायोजन गर्ने चलन हो । सौर्यमास जस्तो चन्द्रमासको मापन ठोस हुँदैन । तिथिमा आधारित हुने भएकाले यो चन्द्रमास गतिमा निश्चित हुँदैन् । यहि नियम अनुसार अधिकमास या महिना बृद्धि हुने गर्दछ, अधिकमास खासै यहि महिना हुन्छ भन्ने हुँदैन् । अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

अंग्रेजी लीप इयर भने निश्चित समयमा पर्दछ भने अधिकमासको भने समय यसै महिना भन्न सकिँदैन् । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । यस मासको अधिपत्य भगवान सूर्यले ग्रहण नगरेको र भगवान पुरुषोत्तम स्वयमले अधिपत्य स्वीकार गरेको किवंदन्ती छ । यस मासमा भगवान नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरु सामान्यतया चलेपनि बिवाह, ब्रतबन्धलगायतका शुभकार्यहरु भने पुरुषोत्तम मासमा बर्जित गरिएको छ । मलमासमा पतिपत्नी बिवाहको प्रथम वर्ष हो भने साथ नबस्ने परम्परा पनि छ ।

अधिकमासलाई बर्जित भन्दा पनि अनुशासनको महिना मानिनुपर्ने धार्मिक मान्यता छ । यस महिना मानवता अनि पुण्यका कार्य गर्नाले पुण्य मिल्दछ । यस महिनामा श्रीमद् भागवतको सप्ताह महापुराण या कथा श्रवण गर्नु धार्मिक दृष्टिले फाइदाजनक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय