काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरेको हो । साथै सर्वोच्च अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ गते भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया सुरु गर्न पनि परमादेश जारी गरेको छ ।

असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय