कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा रहेका कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसदले समर्थन गरेका थिए ।

यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेस गरेपछि सर्वोच्च अदालतले उल्ट्याएको थियो । यो पटक भने गौतमले सभामुखबाट राजीनामा दिएपछि गठबन्धनसँग ४७ सांसद अर्थात बहुमत पुगेको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय