काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आफूहरुको सहभागिता बिनै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गद,दुबैपक्षलाई आफूहरुको आवश्यकता नपरेको निष्कर्स निकाल्दै कसैको पक्ष नलिने निर्णय गरेको हो । बैठकले कोशी प्रदेशको सन्दर्भमा गम्भीर समीक्षा गर्दै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले ४७ जनाको हस्ताक्षर सहित दाबी गरेका छन भने नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कार्कीलाई एमालेका ४० र कांग्रेसका ८ सांसदको समर्थन छ ।

 

कोशी प्रदेशसमा कुल ९३ सदस्य मध्ये एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । दुवै पक्षले ४७÷४७ जनाको हस्ताक्षर बुझाएका छन ।कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता नदेखिएको भन्दै तत्काल तटष्थ बस्ने राप्रपाले निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय