नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् ।विहिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताएका हुन । महामन्त्री थापाले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताए ।

महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण नरहेको समेत स्पष्ट पारे । भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पु¥याउँछ भनेर अनुमान गर्ने र त्यसका आधारमा पोजिसन बनाउन जरुरी नभएको समेत उनले बताए । महामन्त्री थापाले नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न नपाउने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय