गाजामा हमासले सात जना इजरायली बन्धक रिहा गरेको छ ।हमासद्वारा रिहा गरिएका पहिलो सात बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिले इजरायली सेनालाई बुझाएका छन् । उनीहरु इजरायल पुगिसकेका छन् । उनीहरुलाई रेइम नजिकको सैनिक शिविरमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि तेल अभिभमा परिवारसँग भेट गराउन लगिँदैछ। आजै थप १३ जना जीवित बन्दीलाई रिहा गरिने भएको छ। हमासले २८ जना मृतक बन्धकको शव पनि हस्तान्तरण गर्ने कार्यक्रम छ। इजरायलले पनि २५० प्यालेस्टिनी कैदी र १७ सय भन्दा बढी बन्दीलाई रिहा गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको २० बुँदे शान्ति योजनाको पहिलो चरणमा इजरायल र हमास सहमत भएपछि गाजामा शुक्रबारदेखि युद्धविराम लागू भएको छ। अर्को चरणमा वार्ता हुन बाँकी छ।

यता बन्धक रिहाइ समारोहका लागि अमेरिकी राष्ट्रपति ट्रम्प तेल अभिभ पुगेका छन् । ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि इजिप्टमा राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँगै शर्म अल–शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् । सम्मेलनमा गाजा युद्ध अन्त्य गर्ने कागजातमा हस्ताक्षर हुने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । समारोहमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलगायत २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय