ताप्लेजुङ, । लत्रिएको विजुलीको तारबाट गुडिरहेको बोलेरो गाडीमा करेण्ट लागेर घाईते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । पाथिभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेण्ट लागेर आगलागी भइ घाईते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको हो ।जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उहाँहरूलाई थप उपचारको लागि सुविधा सम्पन्न काठमाडौंको ह्याम्स हस्पिटल हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले जानकारी दिनुभएको छ ।



उहाँका अनुसार गम्भीर घाइते भएका ललितपुरका ४५ की सविना आचार्य र नाति १० वर्षका अभियम आचार्यलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ हस्पिटल पठाइएको छ । सोमबार बिहान फुङलिङ नगरपालिका १० को सेवारो चोकमा फुङलिङ बजारबाट पाथीभरा दर्शनका लागि जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा पोलबाट झरी लत्रिएको बिजुलीको तारबाट करेट लागि आगलागी हुँदा चालक सहित चार जनाको मृत्यु भएको भएको थियो ।
मृत्यु हुने ३ जना एकै परिवारका रहेका रहनुभएको छ । मृतक झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल, उहाँकी श्रीमती वर्ष ७० का विनोद पौडेल र उहाँकी छोरी तर्फकी नातिनी ललितपुर जिल्लाको ललितपुर नगरपालिकाकी वर्ष १६ की आध्या आचार्य रहनुभएको छ । मृतक छोरी १६ वर्षीय आध्या आचार्यलाई पनि काठमाडौँ लाने भनिएको तर, हेलिकप्टरमा क्षमता नभएका कारण नलगिएको बताईएको छ । सविनाका बुबा आमा झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल र वर्ष ६९ की सरिता पौडेलको शव बुझ्न आफन्त ताप्लेजुङ आउँदै रहेको बताईएको छ । शब जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाई छ ।
त्यस्तै दुर्घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि मृत्यु भएको छ । पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुग्नु भएका उहाँहरु होटेल प्यारिजमा बसेर सोमबार बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि हिँडेको होटेल प्यारिजका सञ्चालक सविन बानियाँले बताउनुभयो ।



