काठमाडौं । नयाँ दिल्लीमा हृदयघातका कारण निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको जन्मथलो दार्जिलिङको तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्येष्टि गरिएको छ । प्रशान्तका निकट मित्र तथा कलाकार राजेश घतानीका अनुसार, बौद्ध परम्पराबाट लामाहरूले विधिपूर्वक अग्निदहन गरी अन्त्येष्टि प्रक्रिया सम्पन्न गरेका थिए ।

अन्त्येष्टिमा प्रशान्तकी पत्नी मार्था एली तामाङ, परिवारका सदस्य, आफन्त र बौद्ध धर्मगुरुहरू उपस्थित थिए । अन्त्येष्टिको अघि प्रशान्तको शव दार्जिलिङमा श्रद्धाञ्जलीका लागि राखिएको थियो, जहाँ उनका प्रशंसक र शुभचिन्तकले श्रद्धा अर्पण गरेका थिए ।

प्रशान्तको निधनले नेपाली र भारतीय मनोरञ्जन जगतमा शोक छाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी लगायतले उनको निधनमा दुःख व्यक्त गरेका छन् । प्रशान्तको संगीत र अभिनयले धेरै दर्शकको मनमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय