काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्तालाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सचेतक बर्तौलाले आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार धेरै भारी पर्ने चेतावनी दिनुभएको हो ।

उहाँले रास्वपाले पार्टी सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गर्नुभयो ।

आरोपीले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय