काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
बिहीबार भारतीय नम्बरको ट्रकमाथि ढुंगा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । ढुंगा लागेर ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुंगा खसेको हो ।



तुइन खोलाको पहाडबाट यस अगाडि पनि पटक पटक ढुंगा खस्ने गरेको छ । पहाड काटेर बाटो फराकिलो बनाएपछि ढुंगा खस्ने समस्या आएको हो ।



