काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी मृत भेटिएका हुन् ।
ढकारी गाउँपालिका– ८ का कमल खड्काकी १४ वर्षीया छोरी ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



दुवै किशोरी शुक्रबार ढकारी– १ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए । दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरी कार्यालय अछामले जनाएको छ ।



