काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा नुहाने क्रममा दुई जना तीर्थालु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गहिरो ठाउँबाट स्नान गर्न आइतबार कुण्डमा पसेका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ ।






