सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐन विभेदकारी भएको भन्दै भइरहेको आन्दोलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऐक्यबद्धता जनाएका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै काठमाडौँको माइतीघरमा ८ दिनदेखि चलिरहेको आन्दोलनमा अध्यक्ष केसीले ऐक्यबद्धता जनाएका हुन् । ऐक्यबद्धता जनाउँदै केसीले शिक्षा र स्वास्थको ग्यारेन्टी गर्ने सरकारको दायित्व भएपनि सरकारले त्यो पूरा गर्न नसकेको आरोप लगाए । उनले निजी क्षेत्रले काम गर्छु भन्दा पनि सरकारले नदिएका कारण नेपाली बिद्यार्थी बिदेशीन बाध्य भएको बताए ।

अध्यक्ष केसीले जनतालाई राहत दिनुपर्ने बेलामा ७ वटा प्रदेशमा मन्त्री सचिव लगायतका ब्यक्तिहरूका लागि करोडौं रूपैयाँ खर्च गरेर सरकार टिकाइ राख्ने काम मात्रै गरिरहेको आरोप पनि लगाए ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय