चन्द्रागिरि नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उत्पादन, रोजगार र बजारीकण, चुस्त, दुरुस्त र प्रविधियुक्त सुशासनलाई आधार मानेर चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरको १२औं नगरसभाबाट चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी विधयेक २०८० लाई पास गर्ने कार्ययोजना रहेको छ । चन्द्रागिरि नगरपालिकाको नीति तथा कार्यक्रम नगर उपप्रमुख बसन्ती श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।



नगरको नीति तथा कार्यक्रमलाई आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, सुशासन तथा संस्थागत विकास क्षेत्र गरी पाँच भागमा बाँडिएको छ । आर्थिक क्षेत्र अन्तरगत कृषि, पशुपंक्षी, सिंचाई, उद्योग व्यापार तथा व्यवसाय, पर्यटन, भूमि व्यवस्था सहकारी तथा वित्तीय सेवा, श्रम रोजगारी तथा गरिवी निवारण रहेको छ ।
यसैगरी सामाजिक क्षेत्र अन्तरगत स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, शिक्षा, भाषा, कला तथा साहित्य, खानेपानी तथा सरसफाई, सस्कृति, महिला बालबालिका तथा सामाजिक समावेशीकरण, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, दलित तथा सामाजिक समावेशीकरण, संघसंस्था, युवा खेलकुद तथा नवप्रवर्तन, सामाजिक सुरक्षा तथा पञ्जीकरणलाई समेटिएको छ ।
साथै पूर्वाधार क्षेत्रमा भवन आवास तथा बस्ति विकास, सडक पुल तथा यातायात, जलस्रोत, विद्युत तथा स्वच्छ ऊर्जा, सूचना तथा संचार प्रविधिलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै वन तथा वातावरण क्षेत्रमा वन, भूसंरक्षण तथा जैविक विविधता, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलनलाई समावेश गरिएको छ ।
सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तरगत नीति, कानून, न्याय तथा सुशासन, संगठन तथा क्षमता विसका, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्यांक प्रणाली, योजना र विकास व्यवस्थापनको आधारमा बजेट विनियोजन गर्ने चन्द्रागिरि नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाको कार्यपालिका भवनमा आयोजित नगर सभाबाट चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी विधयेक २०८० लाई पास गर्ने कार्ययोजना रहेको छ ।
(भिडियो रिर्पोट)



