काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरभित्र रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुलाई पुनः सूचना जारी गरेको छ । नगरपालिकाले यस अघि जारी गरेको सूचनामा केही उपभोक्ता समितिहरुबाट विवरण पेश भएपनि विवरणहरु अपूर्ण रहेको र कतिपयले बुझाउँदै नबुझाएको भन्दै पुनः विवरण बुझाउन सात दिने सूचना जारी गरेको हो ।

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषद्को २०८० साउन १७ गते बसेको बैठकले समितिहरुलाई पुनः विवरण बुझाउन सूचना जारी गर्ने निर्णय गरेको नगर प्रमुख घनश्याम गिरीद्वारा हस्ताक्षतिर सूचनामा उल्लेख छ । समितिहरुलाई साउन २४ गतेसम्मको समयसीमा तोकिएको छ । तोकिएको समयमा पनि विवरण उपलब्ध नगराए कानुन बमोजिम अघि बढ्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले समितिहरुसँग संस्था गठन भएको मितिदेखि आर्थिक वर्ष २०७८÷०७९ सम्मको खानेपानी तथा सरसफाई समितिको साधारण सभा तथा लेखा परीक्षण प्रतिवेदन, समितिहरुमा कार्यरत कर्मचारीहरुको नामथर, सम्पर्क नम्बर र पद, मासिक महशुलको विवरण, बैंक खाता रहेको बैंक स्टेटमेन्ट, मासिक आम्दानी खर्च तथा स्थायी संरचना लगायतको विवरण माग गरेको थियो ।
चन्द्रागिरि नगरपालिकाले आफ्नो १२ औं नगरसभाबाट एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक २०८० पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय