काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ को लागि संस्थागत विद्यालय छात्रवृत्ति वितरण गरेको सूचि सार्वजनिक गरेको छ । हरेक वर्ष नगरपालिकाले नगर क्षेत्र भित्र रहेका विपन्न र जेहेनदार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०८२ को लागि नगरपालिकाले ६१ वटा संस्थागत विद्यालयका ४ हजार ३ जनालाई २० प्रतिशत देखि १ सय प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरेको छ । चन्द्रागिरि नगरपालिका स्तरीय छात्रवृत्ति व्यवस्थापन समितिले २०८२ सालको छात्रवृत्तिको लागि चैतमा निर्णय गर्दै नगरको शिक्षा शाखाले सूचना जारी गरेको थियो ।

सोही सुचनाको आधारमा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निवेदन दिएकै आधारमा नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्तिको सूचि (लिंक क्लिक गर्नुहोला)

Boarding School Schollarship

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय