काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय अन्तर विद्यालय खुला लोकनृत्य प्रतियोगिताको उपाधि मंगलोदय माध्यमिक विद्यालयले जितेको छ । नगर क्षेत्र भित्र रहेका १२० वटा विद्यालय मध्ये ३२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । ३२ वटा विद्यालय सहभागी मध्येमा पनि १४ वटा सामुदायिक विद्यालयले खुल्ला लोक नृत्य प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये ३१ वटा विद्यालयलाई पछि पार्दै मंगोलदय माध्यमिक विद्यालय पहिलो भएको थियो ।

प्रतियोगितामा पहिलो हुने मंगोदलय माध्यमिक विद्यालयलाई २५ हजार, दोस्रो हुने ब्राइट एन्जल इंलिस बोर्डिङ स्कुल १५ हजार, तेस्रो हुने ज्ञानसुधा एकेडेमीलाई १० हजार र सान्त्वना साईनिङपाथ पब्लिक स्कुल र ब्राइट फ्यूचर एकेडेमी स्कुललाई ५–५ हजारको दरले प्रमाणपत्र, मेडल, ट्रफि र नगद पुस्कार प्रदान गरिएको थियो । सहभागी अन्य स्कुललाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्टले नगरले आयोजना गरेको प्रतियोगितामा विद्यालयहरुले आफ्ना विद्यार्थीलाई सहभागिता नगराएर उनीहरुको अधिकार, क्षमतालाई हनन् गरेको चेतावनी दिनुभयो । उहाँले नगरपालिकाले नगरपालिकाको बार्षिक क्यालेण्डरअनुसार यसअघि चित्रकला, वक्तित्वकला, हाजिर जवाफ प्रतियोगिता, शैक्षिक प्रदर्शनीलगायतका प्रतियोगिता सम्पन्न भईसकेको र अब छिट्टै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने पनि जानकारी दिनुभयो ।

थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा संचालन भएको प्रतियोगितामा नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, नगरको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष घनश्याम लुइँटेल, वडाध्यक्ष दुर्गालाल महर्जन, वडा नम्बर १३ का वडा अध्यक्ष श्रीकृष्ण खत्रीलगायतले संयुक्तरुपमापुरस्कृत वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय