काठमाडौं । चन्द्रागिरि हिल्सले चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरका दर्शनार्थी र पर्यटकबाट वैकल्पिक मार्ग प्रयोग गर्दा १ सय रुपैयाँ सेवा शुल्क लिने व्यवस्थाबारे स्पष्टीकरण दिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो शुल्क विशेष रूपमा चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दाहरूसँग सम्बन्धित नभई बाहिरका पर्यटक र दर्शनार्थीहरूबाट मात्र लिइएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार, यो शुल्क पैदलयात्रीका लागि लागू गरिन्छ र यसका माध्यमबाट पर्यटक र दर्शनार्थीलाई अतिरिक्त सुविधाहरू जस्तै निःशुल्क पानी, वाईफाइ, पार्किङ, शौचालय सेवा र सुरक्षाका लागि व्यवस्था गरिन्छ । साथै, कम्पनीले चन्द्रागिरि क्षेत्रमा फोहोर व्यवस्थापन, सरसफाई र सुरक्षा व्यवस्थापनको लागि पनि काम गरिरहेको जानकारी दिएको छ । यसका साथै, सुख्खा याममा डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरूसँग सहकार्य गरेर ४ जना वन हेरालु राख्ने व्यवस्था गरिएको पनि जानकारी दिएको छ ।

कम्पनीले स्थानीय सरकार र अन्य निकायसँग समन्वय गर्दै आफ्नो कार्यहरूलाई प्रभावकारी बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ । साथै कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट १ सय रुपैयाँसेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो, सोको जानकारी चेकपोष्टस्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको हिल्सले जनाएको छ ।’ थाहा नगरपालिका वडा ९ र चन्द्रागिरि नगरपालिका वडा ४ ले जनताको सहानुभुति जित्न हावाकै भरमा विज्ञप्ती निकालेर विरोध गरेको भन्ने हिल्सको बुझाई छ । हिल्सको यस्तो ठाडो चुनौतिलाई अब यी पालिकाका वडाले कस्तो कदम चाल्छन् त्यो समयले देखाउने छ ।

यस्तो थियो चन्द्रागिरि हिल्सको गतिविधिमा थाहा नगरपालिका ९ र चन्द्रागिरि नगरपालिका ४ ले निकालेको विज्ञप्ती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय