काठमाडौं । चन्द्रागिरि नगरपालिकामा अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टर सञ्चालनमा आएको छ ।

महिला उत्प्रेरणा विकास मञ्चद्वारा सञ्चालित केयर सेन्टर चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुरु भएको हो । महिला उत्प्रेरणा विकास मञ्ले आयोजना गरेको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले सेन्टर सञ्चालन हुनुुले सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपमेयर श्रेष्ठले सामाजिक विकासमा बालबालिकाको दैनिकी परिवर्तन गर्न केयर सेन्टर स्थापनाले सहयोग पुुग्ने दाबी गर्नुभयो । आफुुले सरकारी नीति नियम तथा भएका कानूनलाई आवश्यक रुपमा कार्यान्वयन गरी अटिजम भएका बालबालिका तथा तीनका परिवारको सहज जीउने आधार तयार गर्न आफुु लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बालबालिकालाई दिनभरी घरमै अभिभावकले हेरचाह गर्नुपर्दा आर्थिक उर्पाजनमा समेत प्रभाव परेको भन्दै यस्ता सेन्टरले बालबालिकाको हेरचाह गर्ने भएकाले घरका अन्य सदस्य रोजगारी तथा उद्यमशीलतामा लाग्न थप सहयोग पुुग्ने उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जनले अटिजम भएका बालबालिकाको शिक्षा र प्राविधिक सीपका लागि आफ्नो तर्फबाट स्थानीय तहमा आवश्यक नीति तर्जुमा गरी शिक्षण सिकाई क्रियाकलापमा सहभागी बनाउने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी चन्द्रागिरि नगपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर भुवाजीले अटिजम, बौद्धिक अपाङगता भएका बालबालिकालाई पहिचान गरी उनीहरुको जीवन परिवर्तनका लागि ग्रामीण स्तरबाटै सचेतना जागरण गरी शिक्षा र सीपको प्रक्रियामा सहभागी बनाउन सबैलाई आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख तथा सूचना अघिकारी रश्मी श्रेष्ठले नगरपालिकामा ६० भन्दा बढि बालबालिकामा अटिजम देखिएको र त्यसको उचित केयर सेन्टरको व्यवस्थापन नहुँदा अभिभावकहरुले घरमै हेर्न बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनहरुमा सरकारी स्तरबाट यस सम्बन्धमा केही प्रयासहरु हुन थालेको भन्दै यसलाई अझै सशक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष तथा अभिभावक गीता कुमारी घिमिरेले आफुलाई परेको समस्या अन्य अभिभावले भोग्नु नपरोस् भन्ने उद्देश्यले स्थानीय स्तरमै केयर सेन्टर सञ्चालन गरिएको बताउनुुभयो । सेन्टरमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने विभिन्न, थेरापीका माध्यमबाट शिक्षण सिकाई गरिदैं आएको बताउनुुभयो । नगरपालिका र आसपासका पालिकामा समेत अटिजम अवस्थाका बालबालिका भएपनि साधनको अभावले सबै बालबालिकालाई समेट्न नसकिएको बताउनुुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य केशव गिरी, इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल, युवा समाजसेवी एवम् भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका संचालक राम नारायण घिमिरेलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा कृष्ण कँडेलले सेन्टरका लागि एक लाख रुपैयाँ, समाजसेवी राम नारायण घिमिरेले २० हजार रुपैयाँ सहयोग गर्नुभयो । साथै एक अटिजम पीडित बालिकाका लागि कँडेलले ३५ हजार, घिमिरेले २० हजार, गणेश गिरीले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त पीडित बालिकाको उपचार खर्च एक लाख लाग्ने अभिभावकको आग्रहमा बाँकी रकम भने वडा नं. १२ का अध्यक्ष न्हुच्छे महर्जनले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय