काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित आदिनारायण मन्दिर प्राङ्गणमा पखावज वादन कार्यक्रम हुने भएको छ । असार ९ गते मंगलबारका दिन आदिनारायण भजन मण्डलको प्रस्तुतिमा विशेष ’पखावज वादन कार्यक्रम’ आयोजना हुने भएको हो ।

शास्त्रीय संगीत र आध्यात्मिक वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको आदिनारायण भजन मण्डलका अध्यक्ष धनबहादुर गोपालीले जानकारी दिएका छन् ।

कार्यक्रममा भारतका प्रख्यात कलाकार निशान्त सिंहले आफ्नो पखावज वादन कला प्रस्तुत गर्नेछन् । ’भजनमा रमाऔँ, आत्मालाई शान्ति दिलाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा पखावज वादनका साथै विभिन्न भक्तिपूर्ण भजनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

आदिनारायण भजन मण्डलकै हलमा आयोजना हुने उक्त कार्यक्रम मंगलबार दिनको ५ः०० बजे सुरु हुने अध्यक्ष गोपालीले जनाएका छन् । आयोजक समितिले संगीतप्रेमी तथा आध्‍यात्मिक मनहरूका लागि कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय