काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ स्थित शहरी स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर संचालन भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यसंचालन मार्गदर्शन बमोजिम महिलाहरुमा हुने स्तन क्यान्सर, अब्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि शिविर राखिएको हो ।
शिविरमा ३० वर्ष देखि माथिका महिलाहरुमा गरिएको चेकजाँचको क्रममा भिआईए टेस्ट १ सय १९ जनामा गरिएको टेस्टमा ३ जनामा पोजेटिभ देखिएको थियो । १४५ जनामा गरिएको टेस्टमा ४ जनामा ब्रेस क्यान्सरको शंका गरिएको छ । शिविरमा १४५ जनाले चेकजाँच गरेका थिए ।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरबासीको स्वास्थ्यलाई अझ प्रभावकारी बनाउन नगरपालिकाले जस्तोजुकै भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले वडाबासीको स्वास्थ्यलाई मध्यनगर गर्दै प्रत्येक वडामा डाक्टरसहितको सेवा उपलब्ध गराएको पनि जानकारी गराउनु भयो ।
वडा ५ को शहरी स्वास्थ्य केन्द्रका संयोजक सरिता थापा सेढाइले वडाले राखेको स्वास्थ्य शिविरमा सेवाग्राहीको उल्लेख्य उपस्थितिले वडाले प्रदान गर्दै आएको स्वास्थ्य सेवाप्रति वडाबासीको विश्वास बढ्दै गएको बताउनु भयो । उहाँले यसअघि पनि वडाले स्वास्थ्य सेवा प्रदान गर्दैआएको र अबका दिनमा पनि वडाबाासीको मााग अनुसार स्वास्थ्य सेवा प्रदान गर्दै जाने जानकारी गराउनु भयो ।



