काठमाडौं । चन्द्रागिरि नगरपालिकाका सामुदायिक विद्यालयहरु आज बन्द भएका छन् । नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार जिल्लाभित्रका विभिन्न स्थानहरुमा कर्फ्यू लगाइएको हुँदा शिक्षक विद्यार्थी आवत जावतमा समस्या देखिएकोले भदौ २४ गते चन्द्रागिरि नगरपालिका भित्रका सबै विद्यालयहरु बन्द हुने जनाएको हो ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय