काठमाडौं । गायिका नीतु पौडेलले आत्मदाहको प्रयास गरेकी छिन् । चर्चित गायक बाबुल गिरीको अनामनगरस्थित कार्यालयअगाडि पौडेलले आत्मदाहको प्रयास गरेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको सत्यतथ्य खोजी रहेको र कोही दोषी देखिए कानूनी कारवाही गरिने बताएको छ । घटनास्थलमै आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी पौडेललाई कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा भर्ना गरेको छ ।

घटनापछि गायक बाबुल गिरी पनि अस्पताल पुगेका छन् । पौडेल चन्द्रागिरि नगरपालिका वडा नम्बर १ निवासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय