काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही विधान श्रेष्ठलाई बधाइ दिएको छ । चन्द्रागिरि नगरपालिकाको कार्यपालिका हलमा भएको कार्यक्रममा श्रेष्ठलाई बधाई दिइएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि – ९ निवासी विधान श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेसँगै नेपालको नाम थप रोसन गर्नुमा मद्दत पुर्याउनु साथै चन्द्रागिरि नगरपालिकाको नाम पनि विश्व सामु चिनाउन सफल भएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिकाकै पहिलो सगरमाथा आरोण गर्ने व्यक्ति भएको भन्दै चन्द्रागिरिको इतिहासमा स्वर्ण अक्षरले श्रेष्ठले नाम लेख्न सफल भएको समेत उल्लेख गर्नुभयो ।

त्यस्तै उपप्रमुख बसन्ती श्रेष्ठले विद्यान श्रेष्ठको हिम्मत र साहसको प्रशंसा गर्दै श्रेष्ठ जस्तो आटिलो सन्तान जन्माउने आमाबुबालाई धन्यवाद समेत दिनुभयो । उहाँले सगरमाथा चढ्न त्यति सजिलो नभएको र आफ्नो ज्यान नै दाउमा राखेर चन्द्रागिरिको इतिहासमै पहिलो व्यक्ति बनेकोमा बधाइ समेत दिनुभयो ।

कार्यक्रममा विधान श्रेष्ठले आफुले सगरमाथा चढ्नु अघि गरेका गतिविधि र सगरमाथा चढ्दाको अनुभवनको विषयमा जानकारी राख्नुभएको थियो । श्रेष्ठले आफ्नो बाल्यकालको विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना पुरा भएको बताउनु भयो ।

बधाई कार्यक्रममा नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासस्यहरु, कर्मचारी, श्रेष्ठका आफन्तजनहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय