काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दनभराटेश्वर महादेव मन्दिरमा पितृउद्धारको कामना गर्दै शतबीज छरिएको छ । मंगलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।




सतिदेवीको अंग पतन भएको ठाउँ मध्ये चन्दनभराटेश्वर महादेव मन्दिर पचासौं स्थिानमा पर्छ । यहाँ स्थानीय र अन्य क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरु छतबीज छर्न आउँछन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन जौं, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।



