काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १५ स्थित तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्द्रागिरि नगरपालिका–१२ का स्कुटर चालक ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् र उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।



कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशाबाट गइरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे ठोक्किएको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



