काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ को प्रभात माध्यामिक विद्यालयमा ३ वर्षे डिप्लोमा बाली विज्ञान र पशु विज्ञान विषयमा अध्ययन हुने भएको छ ।

प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद रुपाखेतीले काठमाडौं जिल्लाकै सामुदायिक विद्यालय मध्ये पहिलो सीटीइभिटीबाट सम्बन्धन प्राप्त गरी शैक्षिक सत्र २०८०–०८१ देखि प्रभात मा.वि. मा कृषि तथा पशुपालन विषयमा अध्ययन हुने बताउनु भएको हो । कृषि तथा पशुपालन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले अध्यापन गर्न लागिएको प्रधानाध्यापक रुपाखेती बताउनु हुन्छ । उहाँले अध्ययनका क्रममा व्यवसायीक शिक्षाको प्रयोगात्मक चन्द्रागिरिमै रहेको अरविन्द योग आश्रममा गरिने पनि जानकारी दिनुभयो ।

कृषि प्रधान देश नेपालमा कुल जनसंख्या मध्ये ६६ प्रतिशत कृषि पेशामा निर्भर भएपनि दक्ष जनशक्तिको अभावमा कृषिमा आशा गरिए अनुसारको प्रतिफल प्राप्त नभएको परिपेक्षमा यस्ता व्यबसायीक शिक्षाको आबश्यकता महसुस गर्दै विद्यालयमा पठनपाठन गराउन लागेको रुपाखेती बताउनु हुन्छ । अध्ययन पश्चात विद्यार्थीले व्यबसायीक गाईभैसी, भेडाबाख्रा, बंगुर, कुखुरा, माछापालनलगायतका पशुपालनमा दक्षता हासिल गर्न सक्नेछन् । साथै एग्रोभेट, केनल क्लब, कोल्ड स्टोर, दुग्ध पदार्थ उत्पादन प्रशोधनलगायतका क्षेत्रमा कार्य गर्न सक्नेछन् । अन्नबाली, फलफुल खेती, तरकारी उत्पादन, च्याउखेती, बाली संरक्षण, मौरीपालनको व्यबसायीक उत्पादन तथा खेती गर्न सकिने छ ।

अध्ययन पश्चात कृषि तथा पशुपंक्षी व्यवस्थापन, औषधि उपचार र किटनाशक औषधिमा दक्षता प्राप्त हुने भएकाले कुनै पनि व्यबसाय संचालन गर्न विद्यार्थीहरु सक्षम हुनेछन् । 3 years Diploma in Plant Science and 3 years Diploma in Animal Science विषयमा अध्ययन गर्न इच्छुक SLC र SEE पास गरेका छात्रछात्राले साउन २६ गतेसम्म विद्यालयमा आवेदन दिन सक्नेछन् । 1.6 ग्रेड ल्याएका छात्र र छात्रालाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । साथै विद्यालयमा होटल म्यानेजमेन्ट र कम्प्यूटर साइन्सको पनि पढाई हुने प्रधानाध्यापक रुपाखेती बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय