काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा सञ्चालान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटीबीच वडा नं ४ मा स्थित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नगरपालिका प्रमुख घनश्याम गिरी र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजु महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘ई’ लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौं ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलासिस सेवा सञ्चालान हुनेछ ।

अबको ६ महिना भित्रनै सेवा सुचारु हुने कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय