काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर, अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” को क्रममा आज चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर दर्शन गरेका छन् ।



जगद्गुरु शंकराचार्यलाई चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी लगायत स्थानीय जनप्रतिनिधि तथा चन्द्रागिरि हिल्साका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
सो अवसरमा भालेश्वर महादेव मन्दिरमा विशेष पूजाअर्चना तथा दर्शन कार्यक्रम गरिएको थियो । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको “धार्मिक विजय यात्रा नेपाल–२०२६” अन्तर्गत जगद्गुरु शंकराचार्यको नेपाल भ्रमणलाई श्रद्धा र आस्थाका साथ हेरिएको छ ।
जगद्गुरु शंकराचार्यको सम्मानमा सरकारले राजकीय सुरक्षा सम्मान दिएको छ ।



