काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्रका युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले किसिपिडी स्पोट्र्स एकेडेमीले ग्–ज्ञड इन्टर वार्ड फुटसल प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जेठ ९ गते मत्स्यनारायण रिक्रिएसन सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।



स्थानीय स्तरमै खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्दै युवाहरूलाई अनुशासित, प्रतिस्पर्धी तथा स्वस्थ वातावरणमा खेल्ने अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार चन्द्रागिरि नगरपालिकाका सबै वडाबाट टिमहरूको सहभागिता रहनेछ, जसले विभिन्न वडाबीच खेलकुदीय प्रतिस्पर्धा र आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास लिइएको छ ।
प्रतियोगितामा प्रत्येक टिममा अधिकतम ८ जना खेलाडी रहने व्यवस्था गरिएको छ । सहभागी हुन इच्छुक टिमहरूका लागि प्रति टिम ७,००० दर्ता शुल्क तोकिएको छ । दर्ता प्रक्रियालाई व्यवस्थित र सहज बनाउन आयोजकले समयमै सम्पर्क गरी टिम दर्ता गर्न आग्रह गरेको छ ।
प्रतियोगितामा विजेता टिमलाई ४०,००० नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमले २०,००० नगद पुरस्कार प्राप्त गर्नेछ । यसका अतिरिक्त उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता लगायत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसले खेलाडीहरूलाई थप उत्साहित र प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आयोजकले प्रतियोगितालाई व्यवस्थित र गुणस्तरीय बनाउन व्यावसायिक रेफ्रीहरूको परिचालन, स्वास्थ्य तथा सुरक्षा सहयोग, आपतकालीन चिकित्सा सेवा तथा प्रभावकारी खेल व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ । साथै, प्रतियोगितामार्फत समुदायस्तरमा खेलकुद संस्कृतिको विकास गर्दै युवाहरूलाई सकारात्मक दिशामा अग्रसर गराउने लक्ष्य राखिएको छ ।
फुटसल पछिल्लो समय युवामाझ अत्यन्त लोकप्रिय बन्दै गएको खेल भएकाले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाहरूलाई उजागर गर्न र भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।



