काठमाडौं । प्रहरी वृत्त थानकोटले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न चार जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका भित्र विभिन्न स्थानमा गरिएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिलाई फोटो, भिडियोको आधारमा पहिचान गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर दुई बाडभन्ज्याङ बस्दै आएका ४४ वर्षीय किरण लामा, चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय प्रताप तामाङ, चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट, टेकानपुरका ३८ वर्षीय अष्टनारायण बलामी र दोलखा सैलुङ गाउँपालिका–८ का २० वर्षीय तीर्थमान तामाङ रहेका छन् । पक्राउ परेका चारै जना प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुको कार्यालय तोडफोड र आगजनीमा प्रत्यक्षरुपमा संलग्न रहेको उल्लेख गरिएको छ । उनीहरुलाई चन्द्रागिरिको थानकोट, बाडभन्ज्याङ, चेकपोष्टबाट नियन्त्रणमा लिइएको हो ।

भदौ २४ गतेको घटनामा प्रत्यक्ष रुपमा संलग्न रहेका अन्य व्यक्तिहरुलाई प्रहरीले भिडियो र फोटोको माध्यमबाट खोजी भइरहेको र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाही समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय