काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा आजदेखि धार्मिक आस्था र सांस्कृतिक संरक्षणको उद्देश्यले ‘चन्द्रागिरि नवाह कथा महायज्ञ दीप प्रज्ज्वलन–२०८३’ सुरु भएको छ ।

धार्मिक अभियन्ता हरि महत तथा लायन्स क्लब अफ काठमाडौं हेरिटेज, धरहरा को संयुक्त पहलमा आयोजना गरिएको यस महायज्ञले स्थानीय स्तरमा धर्म, संस्कृति र सद्भावना प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

महायज्ञको पहिलो दिन मातातीर्थबाट पवित्र जल ल्याई चन्दनभराटेश्वर महादेव मन्दिरको परिक्रमा गरिँदै नवाह स्थलमा स्थापना गरिएको थियो । यसले धार्मिक परम्परालाई जीवित राख्ने र नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने सन्देश दिएको छ ।

कार्यक्रममा विश्वप्रसिद्ध कथावाचक प्रवीण दिनबन्धु पोखरेलले भागवत कथा वाचन गर्नुहुनेछ । जसले धर्मप्रति आस्था बढाउनुका साथै समाजमा नैतिक मूल्य र सदाचारको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

चन्द्रागिरि–७ को गौचरण क्षेत्रमा सञ्चालन भइरहेको यो महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । यस्तो धार्मिक कार्यक्रमले नेपाली समाजको मौलिक संस्कृतिको संरक्षण गर्दै सामाजिक एकता बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय