काठमाडौं । चन्द्रागिरि नगरपालिका प्रवक्ता कृष्णप्रसाद खड्गीले निर्माणाधिन अत्याधुनिक सार्वजनिक शौचालयको अनुगमन गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ स्थित खड्कुले पुलनजिकै निर्माणाधिन अत्याधुनिक शौचालय साउन महिना भित्रै संचालनमा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिका र यरोसान संस्थाबीच सहमति भएर काम भइरहेको बताउनु भयो । उहाँले नगरपालिकाले यरोसानसँग १५ वर्षको लागि सम्झौता गरी निर्माणको काम अघि बढाएको र काठमाडौं र ललितपुर महानगरले तोकेको दर रेटको आधारमा यरोसानले दररेट तोकेर शौचालय संचालन गर्ने बताउनु भयो । उहाँले शौचालय महिला, पुरुष र अपाङ मैत्री हुनुको साथै तेस्रो लिंगिहरुको लागि पनि छुट्टै व्यवस्था हुनुको साथै नुहाउने सुविधा समेत भएको बताउनु भयो ।

यस्तै वडा अध्यक्ष घनश्याम लुईटेलले काठमाडौं र ललितपुर महानगर गरी ९ वटा अत्याधुनिक शौचालयहरु संचालनमा आएको र दशौं स्थानमा चन्द्रागिरि नगरपालिकामा अत्याधुनिक शौचालय निर्माण भएको बताउनु भयो । अध्यक्ष लुईटेलले काठमाडौं र ललितपुरका ९ वटा संचालनमा आएका अत्याधुनिक शौचालय मध्ये चन्द्रागिरिको शौचालय थप अत्याधुनिक भएको र सोही प्रकृतिको नागार्जुन नगरपालिकामा पनि निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले अत्याधुनिक शौचालयमा कफिशप पनि रहने र उक्त कफिशप बायोग्यासबाट संचालन हुने बताउनु भयो ।

अनुगमनको क्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा चन्द्रागिरि नगरपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक राजेन्द्र महर्जन, इञ्जिनियर, कर्मचारीहरुले अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय