काठमाडौं । नेपाल तामाङ घेदुङले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी माघ २४ गते (शनिबार) चन्द्रागिरि नगरपालिकामा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । तामाङ समुदायको भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । चन्द्रागिरि नगरपालिका–१, झ्याङझिटीमा आयोजना हुने कार्यक्रममा तामाङ परम्परागत नृत्य, सांस्कृतिक झाँकी, गीत–संगीत तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन् ।कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । साथै, तामाङ समुदायको मौलिक पहिचान झल्किने सांस्कृतिक प्रदर्शनमार्फत् नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति आकर्षित गर्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ ।

नेपाल तामाङ घेदुङ चन्द्रागिरि नगर कार्यसमिति, काठमाडौंको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानीयवासी, समुदायका अगुवा तथा संस्कृतिप्रेमी सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय