काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्र भित्र निर्माण भइरहेका संरचनाहरुको अनुगमनलाई तीब्रता दिनुभएको छ । चन्द्रागिरि नगरपालिका वडा ९ र १० नम्बर सीमा जोड्ने त्रिदेव नगर मिलन मार्गमा भइरहेको पुल निर्माण कार्यको अनुगमन गर्नुभएको हो ।

वर्षायाम सुरु हुन लाग्दा नगरबासीलाई हिडडुल गर्न समस्या नहोस् भन्ने उद्देश्यले पुल निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

अनुगमनको क्रममा १३ र १५ नम्बरका वडा अध्यक्षको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय