काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.४ थानकोट चुनिखेलस्थित एक उद्योगमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ चन्द्रागिरि नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिएका थिए । केही समयको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनामा कुनै मानवीय क्षति नभए पनि उद्योगभित्र रहेका कच्चा पदार्थ, मेसिन तथा अन्य सामग्रीमा क्षति पुगेको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



आगलागीको कारण खुल्न बाँकी रहेको छ । प्रहरीले घटनास्थलको निरीक्षण गरी आगलागीको कारणबारे अनुसन्धान अघि बढाएको छ । उद्योगमा भएको भौतिक क्षतिको मूल्यांकनसमेत सम्बन्धित निकायले गरिरहेको जनाइएको छ ।



