काठमाडौं । चन्द्रागिरि नगरपालिकाका श्यामकुमार कार्कीलाई १ करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ । फरार रहेका कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकीबाट पक्राउ गरेको हो । कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, बैंकिङ कसुर मुद्दामा प्रहरीले नुवाकोटकी ३४ वर्षीया अस्मिता तामाङलाई पनि पक्राउ गरेको छ । १ लाख ५ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा तामाङलाई पक्राउ गरिएको हो । तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय