भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वर्ष मनसुनी वर्षा कमजोर भएपछि उखु उत्पादनमा कमी आएका कारण चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । भारतले अक्टोबर १ बाट सुरु भएको नयाँ सिजनमा चिनीको निर्यातमा रोक लगाउने सम्भावना रहेको र यस विषयमा छिट्टै निर्णय हुने ब्लुमबर्गले जनाएको छ ।

यद्दपि, स्वदेशी आपूर्तिमा सुधार आएमा विदेशमा बिक्रीका लागि केही निर्यात कोटा जारी गर्न सक्ने बताइएको छ । भारतले निर्यात प्रतिबन्ध लगाएमा चिनीको विश्वव्यापी आपूर्तिमै ठूलो संकुचन आउने छ । भारत उखुको दोस्रो ठूलो उत्पादक राष्ट्र हो । ढिलो सुरु भएको वर्षाले उत्पादन घटाएपछि चिनीको निर्यात गत बर्ष करिब ६० लाख टनमा सीमित गरेको थियो ।

अघिल्लो वर्ष भने भारतले १ करोड १० लाख टनसम्म चिनी निर्यात गरेको थियो । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । सोमध्ये १ लाख ६० हजार मेट्रिक टन बराबरको चिनी भारतबाट आयात हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय