कैलाली । धनगढी उपमहानगरपालिकाको चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

वि.सं. २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी अहिले १ सय ४३ वटा छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिले जनाएको छ ।

समितिले तीन लिटरबाट बिक्रीको सुरुवात गरेको दुध अहिले प्रतिलिटर ९० रुपैयाँको दरले मासिक ८६ हजार ४ सय रुपैयाँ आम्दानी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय