पूर्व अरनिको यातयात प्रा.लि.ले काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा १० करोडको लागतमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको दाबी गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै प्रा.लि.ले काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो ।

प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्रा गर्ने यात्रीहरुको समस्या समाधानको लागि बनाएको बसपार्क महानगरले विकल्प बिना भत्काउन नपाउने बताए ।

काठमाडौ महानगरपालिकासँग अनुमति लिएर बसपार्क र त्यहाँ अन्य भौतिक निर्माणका लागि अनुमति दिन पटकपटक अनुरोध गरेपनि महानगरले वास्ता नगरेको अध्यक्ष क्षेत्रीको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय