काठमाडौं । बागमती प्रदेशको नवनियुक्त उधोग बाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले जनता र सेवाग्राहीलाई छिटो भन्दा छिटो सहज ढंगबाट सेवा सम्पादन गर्न आफु मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री श्रेष्ठले मकवानपुर जिल्लाको उधोग बाणिज्य कार्यालयको अनुगमनको क्रममा जनगुनासोरहित कार्यालय बनाउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले कार्यालयलाई ब्यबस्थित बनाउन नयाँ भवन निर्माणको प्रकृया अगाडि बढिसकेको जानकारी समेत दिनुभयो ।

मन्त्रालय मातहतको कार्यालयमा मन्त्री श्रेष्ठको पहिलो भ्रमण हो । कार्यालय प्रमुख रामप्रसाद भुसालले मन्त्री श्रेष्ठलाई स्वागत गर्दै कार्यालयको गत आ.ब.को कार्य प्रगति र चालु आ.ब. को कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।

उधोग बाणिज्य कार्यालयको जीर्ण भवनबाट अहिले कार्यालय संचालन भैरहेकोले नयाँ भवनको निर्माणको लागि मन्त्रालयबाट २ करोड ५० लाख बजेट बिनियोजन भएको छ । चालु आवबाट भवन निर्माणको काम अगाडि बढाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय