काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई प्रमुख सचेतकमा नियुक्त गरेको छ । जसपाले विज्ञप्ति जारी गर्दै यादवलाई प्रमुख सचेतकमा नियुक्त गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ जसपा नेपालको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार पर्सा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने प्रदीप यादवलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको भन्नेब्यहोरा उल्लेख गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसले पूर्वसांसद मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेको छ । दलित संघका अध्यक्ष समेत रहनुभएका विश्वकर्मा सभापति शेरबहादुर देउवाका निकट हुन् । विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय