काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्युहुनेको संख्या ९ जना पुगेको छ । काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल १, ट्रमा सेन्टरमा ६, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ गरेर मृत्युहुनेको संख्या ९ जना पुगेको छ । केही घाइतेको अवस्था जटिल रहेकोले मृतकको संख्या बढ्न सक्ने छ ।
प्रदर्शनको क्रममा एक सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल, बानेश्वरको एभरेष्ट अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।



